प्रचण्ड-माधव समूहको बैठक बस्दै, ओलीलाई पार्टीबाट निष्कासन गर्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०७७, ११ माघ

काठमाडौं, ११ माघ । नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ । प्रचण्ड–नेपाल समूह आज आइतबार स्थायी कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजे बस्ने बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने तयारी गरेको हो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गराएपछि त्यसको कारबाही गर्न ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गर्ने तयारी गरिएको हो ।
प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै स्पस्टीकरण सोधिएकोेमा ओलीले उक्त स्पस्टीकरणको कुनै जवाफ दिएका छैनन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको नेकपा प्रचण्ड–माधव समूहका एक नेताले बताएका छन् ।

प्रतिक्रिया