काठमाडौंमा ओली खेमा विद्यार्थीको प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७७, १९ पुष

काठमाडौं, १९ पुस । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबार उनीहरुले प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो, केपी शर्मा ओली जीन्दावाद, प्रचण्ड तेरो पाराले दुःख पायो साराले जस्ता नारा लगाएका छन् ।
शनिाबार मात्रै प्रधानमन्त्री ओलीले आफ्ना पक्षका केन्द्रीय कमिटि सदस्यहरुलाई सम्बोधन गर्नेक्रममा चुनाव चिन्ह सूर्य आफूहरुको बाहेक अरुको हुन नसक्ने बताएका थिए । काठमाडौंका कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यकर्ता भेलामा उनले भने, ‘सूर्य चिन्ह अरुले दावी नगरेपनि हुन्छ ।’
प्रतिनिधिसभा विघटनसँगै असन्तुष्ट बनेका अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अलग भएर सडक आन्दोदनमा उत्रिएका छन् । यसैबेला ओली पक्षमा पनि सडकमा प्रदर्शन सुरु भएको हो । आइतबार प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी र युवा संघका नेता सहभागी थिए ।

प्रतिक्रिया