मनाइयो ‘राष्ट्रिय पोशाक दिवश’
प्रकाशित:
२०७७, १७ पुष
काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्षको दिन शुक्रबार नेपालमा ‘हाम्रो शान, हाम्रो पहिचान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित आठौँ राष्ट्रिय पोशाक दिवस मनाइएको छ । काठमाडौंघरमा सद्भाव ¥याली निकाली यो दिवस मनाइएको हो ।
नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुट्नुपरेको आयोजकको भनाइ छ । नेपालमा रहेका सम्पूर्ण जातजातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएकाले राष्ट्रिय पोशाक दिवस वि.सं २०७० साल यता मनाउन सुरु गरिएको हो । राष्ट्रिय पोशाक दिवशको अवसरमा शुक्रबार सामाजिक सञ्जाल फेसबुक, ट्विटरलगायतमा शुभकामनाका सन्देशहरु व्यक्त भइरहको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना