नेकपा फुटको संघारमा चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री काठमाडौंमा
अखबार टुडे
प्रकाशित:
२०७७, १२ पुष

काठमाडौं, १२ पुस । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ काठमाडौं आएका छन् । उपमन्त्रीसहित चार सदस्यीय टोली आइतबार काठमाडौं आइपुगेका हुन् । नेकपा विभाजनको अवस्थामा पुगेकै बेला चिनियाँ कम्युनिष्ट पार्टीका येझाउ काठमाडौं आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ।
एयर चाइनाको फ्लाईटमार्फत नेपाल आएका गुओ योझाउको टोली विमास्थलबाट नेपाली सुरक्षाकर्मी नलिइकन निस्किएका थिए । उपमन्त्रीको टोलीले आफ्नै तरिकाले भेटघाट गर्ने भन्दै सुरक्षा नलिएको बताइएको छ ।
चीनले संसद विघटन र नेकपामा आएको फुटबारे हालसम्म आफ्नो औपचारिक प्रतिक्रिया दिएको छैन । यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् । भेटहरुमा पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने उनले चासो लिएकी थिइन् ।

प्रतिक्रिया