ब्राजिल कोरोनाबाट प्रभावित, मृत्युदर बढ्दो
अखबार टुडे
प्रकाशित:
२०७७, २७ मंसिर

ब्रासिलिया, २७ मंसिर (एजेन्सी । पछिल्लो समय दक्षिण अमेरिकी देश ब्राजिल कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ मृत्यु हुनेको संख्या बढ्दो छ । यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसको संक्रमण अझै रोकिने संकेत देखिएको छैन । पछिल्लो अपडेटअनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ८० हजारभन्दा बढीको ज्यान गएको छ ।
प्राप्त समाचारअनुसार शनिबारसम्ममा यहाँका १ लाख ८० हजार ४११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४६४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ५३ हजार ३६० जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ६८ लाख ३४ हजार ९६५ जना संक्रमित भएका छन् ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा यहाँ पनि कोरोना भाइरसको दोस्रो लहर आएको बताएका छन् । उनीहरुका अनुसार यहाँ सरकारले कडा खालको लकडाउन गरेको भए पनि संक्रमण भने घटेको छैन ।

प्रतिक्रिया