चर्चा एउटासँग, विवाह अर्कैसँग !
प्रकाशित:
२०७७, २० मंसिर

काठमाडौं, २० मंसिर । रमेश प्रसाईं र लोकगायिका कल्पना दाहालको अहिले चर्चामा छन् । इन्द्रणीमा पहिलोपटक गाएको दोहोरीले तहल्कामात्रै पिटेन, बजारमा उनीहरुको निकटतालाई लिएरसमेत नानाथरि अनुमान लगाइएको थियो । यतिसम्म कि रमेश र कल्पना विवाह गर्दैछन् । तर, रमेशले दर्शक र आफ्ना शुभचिन्तकलाई ‘सरप्राइज’ दिएका छन्, जबकि अहिले आएर रमेशले नन्दा सिंहसँग विवाह गर्न लागेको बाहिर आएको छ । तर, रमेश र नन्दाले यो खबरको स्वतन्त्र पुष्टि गरेको छैन ।
रमेश र कल्पनाबीच इन्द्रेणीमा भएको दोस्रो दोहोरी घम्साघम्सी पनि सार्वजनिक भएको छ । लोकदोहोरी प्रेमी र रमेश–कल्पनाका फ्यानका लागि यो एउटा मज्जाको खबर हो । उनीहरु दुवैले उही शैलीमा एक–अर्काको प्रशंसा गरेका छन् । र, मायापिरतीको कुरा पनि गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डको दावी- राजावादीहरूको चहलपहलमा देश बाहिरको पनि चलखेल छ
मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना
पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव- राजनीतिमा आउने भए स्वागत छ
विमानस्थनमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा को को उत्रँदैछन् ?