काफलचौरमा बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच घाइते
प्रकाशित:
२०७७, १४ मंसिर
बेनी, १४ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जीप आज बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनमा परेर जीपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनमा परी जीपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँच जना घाइते भएका छन् । घाइते चालक कटुवाल र उहाँकी श्रीमती सुनिता क्षेत्री, जीपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना