प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलनासम्बन्धी निवेदन
प्रकाशित:
२०७७, १६ कार्तिक
काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ । अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीले आइतबार प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना गरेको भन्दै निवेदन दर्ता गरेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) को उपचार निःशुल्क गर्नु भन्ने सर्वोच्चको परमादेशको सरकारले गम्भीर उल्लंघन गरेको भन्दै उक्त निवेदनमा कारबाही गर्न माग गरिएको छ । निवेदनमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने माग गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना