राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका
अखबार टुडे
प्रकाशित:
२०७७, १० कार्तिक

काठमाडौं, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गरेका छन् । सो क्रममा राष्ट्रपति भण्डारीले उनलाई टीका र जमराको माला लगाइदिएकी थिइन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि टीका र जमराको माला ग्रहण गरेका थिए । प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले आज आफ्नो सरकारी निवास बालुवाटारमा प्रथम महिला शाक्यलाई मात्र दशैंको टीका लगाइदिएका थिए । कोरोना जोखिमका कारण राष्ट्रपति र प्रधानमन्त्रीबाट विगतमा झैँ यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

प्रतिक्रिया