२७ स्वास्थ्यकर्मीसहित ४६ जनामा संक्रमण भेटिएपछि जुम्लाको सदरमुकाम सिल
अखबार टुडे
प्रकाशित:
२०७७, १६ आश्विन

जुम्ला, १६ असोज । जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो ।
चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलंगाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलङ्गा अर्थात् नगरपालिका क्षेत्र सिल गरिएको बताए ।
कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमंगल समालले जानकारी दिए । आकस्मिकबाहेक अरु सेवा पनि अस्पतालबाट बन्द गरिएको छ ।

प्रतिक्रिया