भान्सेलाई कोरोना देखिएपछि प्रधानसेनापति थापा शेल्फ क्वारेन्टिनमा
प्रकाशित:
२०७७, ११ आश्विन
काठमाडौं, ११ असोज । प्रधानसेनापति पुर्णचन्द्र थापा शेल्फ होम क्वारेन्टिनमा बसेका छन् । सेनापति थापाको भान्साका काम गर्ने एक जनामा कोरोना पोजेटिभ पुष्टि भएपछि उनी आइतबारबाट क्वारेन्टिनमा बसेको नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको हो ।
निर्देशानालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार शनिबार प्रधानसेनापति थापाको निवासमा भान्साका काम गर्ने एक जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सजगता अपाउँदै क्वारेन्टिनमा बस्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना