ट्याक्टरबाट खसेर ओख्राबुको मृत्यु
प्रकाशित:
२०७७, ११ आश्विन
ताप्लेजुङ, ११ असोज । गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आइतबार मृत्यु भएको हो ।
डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्र्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो । चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
इलाममा ओलीले भने- केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हौँ
इलाम-२ मा एमालेका सुहाङ विजयी, १६ उम्मेदवारको जमानत जफत
चिनियाँ सुरक्षा मञ्जुरी पाएपछि टेस्लाका सीईओ मस्क प्रस्थान
कम्युनिष्ट एकताको प्रयासमा बलियो आधार तयार हुन सकेको छैन : अध्यक्ष नेपाल
काठमाडौंमा लगानी सम्मेलन सुरु, राष्ट्रपतिद्वारा अध्यादेश जारी