‘एल हाउस’मा घरबेटी र डेरावालामो समस्या
अखबार टुडे
प्रकाशित:
२०७७, १६ भाद्र

काठमाडौं, १६ भदौं । अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली फिल्म ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सामाजिक विषयमा निर्माण भएको उक्त फिल्म लकडाउनको बिचमै छाया“कन गरिएको थियो ।
कोरोना संक्रमणको त्राससँगै भोग्नु परेको पीडा एकतिर छ भने घरबेटी र भाडामा बस्ने ब्यक्तिको पिडा र ब्यथाबाट सिर्जना भएको समस्यालाई फिल्ममा उतार्न खोजिएको बताइएको छ ।
दिवश गुरुङको छायाँकन, देव महर्जनको द्वान्द्व, शिषम राईको श्र“ृगार, राजन महर्जनको कोरियोग्राफी, सुवास देवकोटाको सम्पादन रहने फिल्ममा किशोर खतिवडा, रनिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, वसन्त बर्मालगायतको अभिनय रहने भएको छ ।
फिल्ममा बालकलाकारको भूमिकामा क्रेजा महर्जनले अभिनय गरेकी छन् । शत्रुधन अन्सारी तथा राम महर्जनले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता कला राईले हुन् । फिल्मको गीत शब्द तथा संगीत इश्वर खड्का र छायाँ प्रसाइँको रहेको छ ।

प्रतिक्रिया