उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
अखबार टुडे
प्रकाशित:
२०८२, २७ चैत्र

काठमाडौँौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त गरेका छन् ।


सो जानकारी प्रधानमन्त्रीको निजी सचिवालय सार्वजनिक गरेको हो । ​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन् । उनीहरुले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबिच राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया