नक्कली प्रमाणपत्र पेश गरेका प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्धा दायर
प्रकाशित:
२०८२, २७ फाल्गुन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
श्रोतका अनुसार, मुक्त नारायण श्रेष्ठले आफ्नो पदोन्नतिका लागि पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरी आएको थियो। आयोगको अनुसन्धानले देखाएको छ कि उनले नेपाल प्रहरी सेवामा प्रहरी सहायक निरीक्षकको पदमा बढुवा पाउन दिल्ली, भारतस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी प्रमाणपत्रहरू झूट्टा र नक्कली पेश गरेका थिए ।
यसरी पद प्राप्त गरी नेपाल सरकारबाट निवृत्त भरणसहितको हैसियत, लाभ र सुविधा लिइसकेको हुनाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
