सुनसरी-१ मा मतान्तर बढाउँदै हर्क साम्पाङ
प्रकाशित:
२०८२, २३ फाल्गुन

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई १०८२ मतले पछि पार्दै मतान्तर बढाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार धरानको १ देखि ६ सम्मको १५ हजार ३७८ मतगणना सकिंदा साम्पाङको मत ५८९१ रहेको छ । साम्पाङलाई सरिन तामाङले ४८०९ मत ल्याउँदै पछ्याइरहेका छन् ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका सूर्यवहादुर भट्टराई (मनोज) ले १२९१, एमालेका टिकाराम लिम्बूले ९६४, कांग्रेसका सुजेन्द्र तामाङले ८९५, राप्रपाका उद्धव श्रेष्ठले ३७५ मत ल्याएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
