दुर्गा प्रसाई निवासबाटै पक्राउ
प्रकाशित:
२०८२, १७ फाल्गुन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार बिहानै उनलाई नियन्त्रणमा लिएको हो हो ।
उनलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ । जनताको सिंहदरबार, अदालत, प्रहरी हेडक्वाटर विदेशी षड्यन्त्रमा जलाइएको आरोप लगाउँदै उनले आजदेखि नै आमहड्ताल गर्दै बन्दको घोषणा पनि गरेका थिए। निर्वाचनको समय नजिक भइरहेको बेला प्रसाईले भड्काउ अभिव्यक्ति दिएको आरोप लगाउँदै प्रहरी पक्राउ गरेको बताइएको छ ।
उनले जेनजीको नामबाट सरकारमा गएपनि जेनजीका कुनै माग सम्बोधन नभएको दाबी गरे। उनले २०८४ मा हुने चुनाव ८२ मा हुनुबाहेक अहिले कुनै उपलब्धि हुन नसकेको बताएका थिए । उनी यसअघि पनि प्रसाईंलाई प्रहरीले पक्राउ गर्दै आएको छ, तर अदालतको आदेशसँगै उनी छुट्ने गरेका छन्।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
