मनमैजुमा घरभित्र चितुवा पस्यो, तीन जना घाइते
प्रकाशित:
२०८२, १० फाल्गुन

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजु क्षेत्रमा घरभित्र पसेको चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।
स्थानीय बासिन्दाका अनुसार चितुवा अचानक एक घरमा प्रवेश गरी त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेको थियो । घाइते तीनै जनालाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।
घटनापछि मनमैजु आसपासका बासिन्दामा त्रास फैलिएको छ । अहिले डिभिजन वन कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
