विश्व रेकर्डका पर्याय डा. डीआर उपाध्याय : १५३ कीर्तिमानका स्रष्टा
अखबार टुडे
प्रकाशित:
२०८२, ८ फाल्गुन

काठमाडौं । नेपाली साहित्य र गीत–संगीतको क्षेत्रमा असाधारण कीर्तिमान कायम गर्दै आएका डा. डीआर उपाध्याय ९खनाल० आज विश्व रेकर्डका पर्यायझैँ बनेका छन् । उनका सिर्जना केवल पाठक–श्रोताको मनमा सीमित छैनन्, बरु विश्वका कीर्तिमानी पुस्तकहरूमा समेत दर्ज भएका छन् । डा. उपाध्यायले हालसम्म १५३ विश्व कीर्तिमान कायम गरिसकेका छन् । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, लन्डन युकेलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

एभरेष्ट वर्ल्ड रेकर्ड, स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जीनियस वर्ल्ड रेकर्ड, ब्रिटिस वर्ल्ड रेकर्डजस्ता रेकर्डको प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् । यतिबेला नयाँ गिनिजबुकको रेकर्डका लागि पनि काम भइरहेको उनी बताउँछन् ।

उपाध्याय विश्वमा सर्वाधिक कीर्तिमान कायम गर्ने स्रष्टामध्ये शीर्ष दशभित्र पर्ने बताइन्छ । गीत, संगीत र साहित्य सिर्जनामा उनले देखाएको सक्रियता र नवीन प्रयोगले नेपाली भाषा र सिर्जनात्मकताको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उकासेको छ ।

वीरगञ्जदेखि विश्वमञ्चसम्म

वि।सं। २०१९ ९सन् १९६२० मा पर्साको वीरगञ्जमा जन्मिएका धर्मराज उपाध्याय आज डा. डीआर उपाध्यायका नामले परिचित छन् । प्रारम्भिक शिक्षा वीरगञ्जमै सम्पन्न गरी उच्च शिक्षाका लागि काठमाडौं आएका उनले नेपालमा स्नातकोत्तर तहसम्म अध्ययन गरेपछि भारतबाट विद्यावारिधि हासिल गरेका हुन् ।

उनले जीवनमा ‘कर्म गर, फलको आशा नगर’ भन्ने गीता–मर्मलाई आत्मसात् गरेको बताउँछन्। विद्यावारिधिलाई अन्तिम लक्ष्य नभई साधन मानेर समाजप्रति थप जिम्मेवारी बोध गर्दै उनले कलम समाते। त्यसपछि उनी गीतकार, कवि र उपन्यासकारका रूपमा स्थापित भए ।

१७ उपन्यास र ३७ एल्बम

डा। उपाध्यायका हालसम्म १७ उपन्यास प्रकाशित छन्। ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘मझधार’, ‘आसक्ति’ लगायत कृतिहरू पाठकमाझ लोकप्रिय छन्।
यस्तै, उनका ३७ एल्बम सार्वजनिक भइसकेका छन्। ‘प्रणय’, ‘नशालु नजर’, ‘प्रतिनाद’, ‘सहेली’, ‘स्वर्गघर’, ‘धर्ती र जीवन’, ‘आकाङ्क्षा’, ‘अभिलाषा’ लगायत एल्बम स्रोता–दर्शकमाझ चर्चित छन्।

अनौठा रेकर्डका स्रष्टा

उपाध्यायले कीर्तिमान कायम गर्ने क्रममा अनेकौं अनौठा प्रयोग गरेका छन्। ५० अन्तर्राष्ट्रिय भाषामा गीत सिर्जना, १७५ देशका मुद्राको नाम समेटिएको गीत, १६४ प्रजातिका चराको नाम समावेश गरिएको गीत, १५० भन्दा बढी देशका पर्यटनस्थलको नाममा गीत, सबैभन्दा सानो १८ अक्षरको गीत, एकै दिनमा चार गीत लेखी रेकर्ड गरी सार्वजनिक गर्ने कार्य–यी सबै उनका विश्व कीर्तिमानका उदाहरण हुन् ।

त्यसैगरी, हट एयर बेलुनमा गीत उडाउने, उच्च हिमाली क्षेत्रमा लाइभ प्रस्तुति दिने, कदेखि ज्ञसम्म प्रत्येक वर्णमा गीत लेख्ने, ५५ फरक–फरक फूलको नाममा गीत रेकर्ड गर्ने जस्ता कार्यले उनलाई विश्व रेकर्डको विशेष पहिचान दिलाएको छ ।

सम्मान र मानार्थ विद्यावारिधि

नेपाली गीत–सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको योगदानका लागि उनलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ। राष्ट्रपतिबाट राष्ट्रिय विभूषण प्राप्त गरिसकेका उपाध्यायलाई भारतको लखनउमा आयोजित समारोहमा युरोपस्थित आईआईईएचएसआर ९क्ष्क्ष्भ्ज्क्च्० विश्वविद्यालयले नवौं मानार्थ विद्यावारिधि ९डी।लिट।० प्रदान गरेको छ। यसअघि विभिन्न आठ विश्वविद्यालयबाट उनले मानार्थ उपाधि प्राप्त गरिसकेका छन् ।

सिर्जनालाई जीवन मानेका स्रष्टा

‘लेखन मेरो श्वास हो, म बाँच्दासम्म सिर्जना गरिरहन्छु,’ भन्ने उपाध्याय समाजका लागि लेखनलाई आफ्नो दायित्व ठान्छन् । उनका अनुसार कीर्तिमान व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली गीत–संगीतलाई विश्वमा चिनाउने अभियान हो ।

मिलनसार र सौम्य स्वभावका उपाध्याय अझै नयाँ कीर्तिमानका तयारीमा जुटिरहेका छन् । उनका सिर्जनाले नेपाली साहित्य र गीत–सङ्गीतलाई विश्वमानचित्रमा उभ्याउँदै आएको छ । नेपाली कला–साहित्यका यी अथक पथिकले आगामी दिनमा पनि नयाँ उचाइ थप्दै जाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया