इश्वर थापाको ‘हिँउको आँगन’मा शिल्पा (भिडियो)
प्रकाशित:
२०८२, ३ फाल्गुन

काठमाडौं । प्रणय दिवसको अवसर पारेर बहुप्रतिभाशाली सर्जक इश्वर थापाको प्रस्तुति तथा निर्देशनमा तयार गरिएको ‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा नायिका शिल्पा पोखरेल र सुगम श्रेष्ठको अभिनय रहेको छ भने गायक इड्वर्ड थापा र गायिका अलिसा गुरुङको सुमधुर स्वरले गीतलाई अझ आकर्षक बनाएको छ।
प्रेमभाव झल्किने उक्त गीतमा शब्द तथा संगीत स्वयं निर्देशक इश्वर थापाकै रहेको छ। संगीत संयोजन जर्ज क्षेत्रीले गरेका छन्। भिडियोको छायांकन जीवन पराजुलीले गरेका हुन् भने सम्पादन प्रकाश पण्डितले गरेका छन्।
भिडियो इश्वर थापा अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। प्रणय दिवसलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस गीतले प्रेमिल भावना बोकेको सन्देश प्रस्तुत गरेको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
