
काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएनपी)सँग सहकार्यमा इमेज एफएम ९०.९ मा प्रसारण हुने Bring da House down with Nirnaya NSK कार्यक्रमको २७औं वार्षिकोत्सवको अवसरमा विश्व क्यान्सर दिवस र अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको अवसरमा स्तन र पाठेघरको क्यान्सर सम्बन्धी जागरूकता अभिमुखीकरण स्क्रिनिङ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

नक्सालको टंगालस्थित होटल होलि डे इनमा आयोजना भएको कार्यक्रममा विशेषगरी महिला प्रस्तोता कलाकारहरू (गायिकाहरू), सौन्दर्य प्रतियोगिता विजेताहरू तथा सञ्चारकर्मी व्यक्तित्वहरूलाई लक्षित गरी डिजाइन गरिएको थियो ।

उक्त कार्यक्रममार्फत स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धि गर्नुका साथै समयमै पहिचान र रोकथामको महत्वबारे कार्यक्रममा डा. समिम अख्तरले जानकारी दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगर पालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल तथा विशेष अतिथिमा इमेज गु्रप अफ कम्पनीका अध्यक्ष दिरेकलाल श्रेष्ठ, न्हुजः गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ रहेका थिए भने कार्यक्रम नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानको अध्यक्षतामा समापन भएको थियो ।

कार्यक्रममा इमेज ग्रुप अफ कम्पनी र मेडिक्वेष्ट ल्याव बिच इमेजका कर्मचारीहरुलाई स्वास्थ्य परिक्षणमा सहुलियत दिने सम्झौता भएको थियो । सोहीअनुरुप नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा सिफारीस गरिएका क्यान्सरग्रस्त विरामीलाई नेपालकै पहिलो एन्टी क्यान्सर औषधीका उत्पादक टिजिज फार्माद्वारा विशेष सहुलियत दिने सम्झौता भएको छ ।

प्रमुख अतिथि प्रमुख सुनिता डंगोलले निर्णय एनएसकेलाई कार्यक्रमको २७औं वर्ष पुरा भएको ऐतिहासिक क्षण भएको भनि शुभकामना प्रदान गरेकी थिइन् भने क्यान्सर रोगबारे जनचेतना मुलक कार्यक्रमहरु आवश्यकता रहेको बताइन् ।

सानैदेखि निर्णय एनएसकेका गीत सुन्दै हुर्किएको र आजको दिनसम्म पनि सांगीतिक क्षेत्रमा सक्रिय भएको भन्दै इमेजका अध्यक्ष दिरेकलाल श्रेष्ठले बधाई दिए । साथै, उनले नेपाल क्यान्सर निवारण प्रतिष्ठानले क्यान्सर विरुद्धको जनचेतनामुलक कार्यक्रम आयोजना गर्नु भएकोमा धन्यवाद दिए ।

न्हुजः गठीका अध्यक्ष सुरबहादुरले ईमेज ग्रुप अफ कम्पनी तथा निर्णय एनएसकेलाई शुभकामना दिई मायाको चिनो स्वरुप नेपाली परम्परागत मण्डलाको थान्का प्रदान गरे ।

उपस्थित महिला प्रस्तोता कलाकारहरू (गायिकाहरू), सौन्दर्य प्रतियोगिता विजेताहरू तथा सञ्चारकर्मी व्यक्तित्वहरूलाई स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी सचेतना अभिबृद्धि प्रशिक्षण गरिएको थियो । साथै मेडिक्वेष्ट ल्यावद्वारा निःशुल्क प्याप स्मेयर टेष्ट गरिएको थियो भने मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिकले आधुनिक मेशिनद्वारा निःशुल्क स्किन अनालाईसिस गरिएको थियो ।

उक्त कार्यक्रमका संयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम प्रस्तोता निर्णय श्रेष्ठ थिए तथा उदघोषण संस्थाका उपाध्यक्ष सागर कट्वालले गरेका थिए ।

कार्यक्रममा शुभेच्छा घिमिरे, डा. समिम अख्तर, आस्था पोखरेल, शैलेश वैद्य, डा. मोहन भुसाल, डा. प्रिया भुसाल, सबिना गुरुङ, कविता सुनुवार, मिराज बेकरीका, अञ्जली राई, मेडिक्वेस्टका (सीओओ सुभेच्छा घिमिरे, उर्जा मानन्धर, सुनी सुब्बा, आराध्य लक्ष्मी खड्का, गायिका सहमा श्रेष्ठ, अमृता लिम्बु, अन्जना पुन, बानिका प्रधान, वर्षा कुवँर, देवीका वन्दना, डा. देनिला कार्की, जुनु रिजाल काफ्ले, नही किम्, निशा देसार शेर्पा, प्राश्ना शाक्य, प्रसिद्ध्री शाह, प्रिती कौर, रती श्रेष्ठ, सारिका घिमिरे, सृजना खत्री, श्रृष्ती महर्जन तथा कार्यक्रमका सहयोगीहरु युविका श्रेष्ठ, अभिषा रसाइँली, सागर श्रेष्ठ, रामकृष्ण गड्तौला लगायतको उपस्थिति थियो ।

कार्यक्रमको अन्तमा सहभागीहरुलाई सम्मानस्वरुप प्रमाण पत्र वितरण गरी नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले धन्यवाद ज्ञापन गरेका थिए ।


