‘डायमण्ड फिल्मस् रत्न सम्मान तथा अवार्ड-२०८२’ सम्पन्न, क-कसले पाए सम्मान ?
अखबार टुडे
प्रकाशित:
२०८२, २९ माघ

काठमाडौं । डायमण्ड आर्ट एण्ड कल्चर नेपालको आयोजनामा ‘डायमण्ड फिल्मस् रत्न सममान तथा अवार्ड २०८२’ चलचित्र बिकास बार्डको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुराउनु हुने श्रष्टा, सर्जक तथा व्यक्तित्वहरुलाई रत्न सम्मान तथा अवार्ड प्रदान गरिएको छ ।

बरिष्ठ नृत्य निर्देशक तथा आयोजक संस्थाका अध्यक्ष दिनेश पाख्रिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नागरिक अभियन्ता दुर्गा प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रत्न सम्मान पाउने बिशिष्ठ व्यक्तित्वहरुमा नीर शाह, बसुन्धारा भुसाल, कृष्ण मल्ल, युबराज लामा र गोपालकाजी कायस्थ रहेका छन् ।

त्यसैगरी चलचित्र क्षेत्रमा योगदान पुराउनेहरुमा रबिन्द्र खड्का, पुष्कर लामा, जनक बहादुर कार्की, बुद्धिमान स्याङ्तान ‘निर्मल’, रामेश्वर बुर्लाकोटी, ओम अग्रवाल, सन्जोक राणा सम्मानित हुनु भयो भने अमेरिकामा रहेर नेपाली कलासंस्कृतीको क्षेत्रमा क्रियाशिल चलचित्रकर्मीहरुमाः निर्देशक किशोर सुब्बा, गीतकार डा. हरि उप्रेती, अभिनेता बिक्रात बस्नेत, अभिनेता दिनेश थापा, कलाकार खड्क बहादुत पुलामी, रत्न सम्मानबाट सम्मानित भएका छन् ।

डामन्ड चलचित्र रत्न सम्मान तथा अवार्ड २०८२ बाट सम्मानित हुने चलचित्र र चलचित्रकर्मीहरुमा ‘के घर के डेरा’ बाट दुन्द्व निर्देसक संजय थापा, ‘जन्ते बाख्रा’बाट संगीतकार कृष्ण भारद्वाज, ‘मुगलान’ बाट सम्पादन तारा थापा किम्ब, ‘छक्का पञ्जा’बाट नृत्य निर्देशक कबिराज गहतराज, ‘जारी’बाट छायाँकार संजय लामा, ‘पुजार सार्की’बाट लेखन बिकाश सुवेदी, ‘ताराहरु’ बाट हास्य ‘आशान्त शर्मा, ‘दुस्प्रायास’ बाट सहअभिनेत्री बिपना आङ्बुहाङ, ‘लाखे’ बाट सहअभिनेता रोहित रुम्बा, ‘खोज तलास’ बाट नब नायिका पुष्पाञ्जली लिम्बू, ‘१२ गाउँ’ बाट नब नायक समीर भट्ट, ‘पिताम्बर’ बाट खलनायक प्रमोद आग्रहरी, ‘परान’ बाट नायिका अञ्जना बराईली, ‘जेरि एन टप’ बाट नायक अनमोल केसी रहनु भएको छ भने उत्कृष्ट निर्माणमा सम्मान पाउनु हुनेहरुमाः भुबन केसी, ‘छक्का पन्जा ६’ बाट निर्देशक दिपाश्री निरौला, ‘पुर्ण बहादुरको सारंगी’ बाट नायक ‘जुरी’ बिजय बराल रहेका छन् ।

तामाङ चलचित्र बिद्याबाट सम्मानित हुनेहरुमाः ‘साङ्गेला घ्रान’बाट गायिका लछिमी स्याङ्तान, ‘काख्रे’बाट गायक उतर लामा, ‘दार्बुङ’ बाट नायिका सुनिता लुङ्बा तामाङ, ‘देम्बा माया’बाट नायक अमिर दोङ, ‘हयाङ तामाङ’ बाट निर्देशक निमा लामा तामाङ र सर्वोत्कृट तामाङ चलचित्रबाट कोपिला तामाङ, ‘परिणाम’ बाट नबनायिका झरना रिसाल, युजिक भिडियो निर्देशक प्रदीपकुमार रसाइली रहेका छन् ।

समाजसेवी सम्मान बिनयजंग बस्नेत, हिमल पाख्रिन, शिव तान्त्रिक गुरु, बुद्धि कुमार खड्की, छिरिङ दोर्जे तामाङ, जितसिं महर्जन रहेका छन् भने कार्यक्रममा गीतसंगीत र चलचित्र क्षेत्रका बिशिष्ठ व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाली चलचित्रका बरिष्ठ कलाकार स्व. सुनिल थापाको तस्वीरमा माल्यार्पणसँगै एक मिनेट मौनधारणापश्चात कार्यक्रम सुरु गरिएको थियो ।

प्रतिक्रिया