कलाकार सुनील थापाको पशुपति आर्यघाटमा अन्तिम संस्कार
अखबार टुडे
प्रकाशित:
२०८२, २६ माघ

काठमाडौँ । वरिष्ठ कलाकार सुनील थापाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । पशुपति आर्यघाटमा सिनेमा क्षेत्रका र सर्वसाधारणको ठुलो उपस्थितिमा थापाको अन्तिम संस्कार गरिएको हो । उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको थियो । 

यसअघि आइतबार चलचित्र विकास बोर्डमा उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई ठुलो संख्यामा कलाकर्मी तथा सर्वसाधारण उपस्थित भएर अन्तिम श्रद्धान्जली दिएका थिए ।  

उनको परिवार मुम्बईमा बस्दै आएकाले उनीहरु काठमाडौँ आएका थिए । थापाको शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा निधन भएको थियो । उनका थापाका श्रीमती, एक छोरा र एक छोरी छन्। 

प्रतिक्रिया