फागुन १५ देखि ‘जाँड’ लाग्ने, यो कस्तो फिल्म हो ?
अखबार टुडे
प्रकाशित:
२०८२, २४ माघ

काठमाडौं । सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेति, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल लगायतको अभिनय रहेको चलचित्र ‘जाँड’ फागुन १५ बाट प्रदर्शनमा आउने भएको छ ।

सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा कथा पटकथा सम्बाद सुनिलप्रसाद श्रेष्ठ÷राजु शाह र राजेन्द्र भट्टको रहेको छ । चलचित्रको निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह हुन् ।

चलचित्रमा जाँडले समाजमा कस्तो बदनाम हुन्छ । घरमा कस्तो असर पर्छ । जाँड खाने पुरुषलाई श्रीमती, छोरी र समाजले हेर्ने दृष्टिको कस्तो रहन्छ भन्ने विषयवस्तु उठाइएको निर्देशक राजु शाहले बताए ।

यस्तै, निर्माता सुनिलले चलचित्रले वंश धान्न समाजमा छोरा नै चाहिन्छ भन्ने सोचलाई उजागर गर्दै समाजमा जकडिएर रहको कुसंस्कारविरुद्ध आवाज उठाएको बताएका छन् ।

प्रतिक्रिया