कोटेश्वरमा खुल्यो फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज
अखबार टुडे
प्रकाशित:
२०८२, २४ माघ

काठमाडौं । फेशन तथा इन्टेरियर डिजाइनिङमा रुची राख्नेहरुका लागि खुसीको खबर छ । यस्तो एवं सर्वसुलभ फेसन तथा डिजाइनिङ कोर्ष प्रदान गर्ने हेतुले कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ ।

करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता चौलागाईंसहितको टिमले ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियर’ कलेज सञ्चालनमा ल्याएको हो ।

सन र इन्टेरियर डिजाइनमा करिअर बनाउन चाहने युवायुवतीलाई सर्वसुलभ रूपमा व्यवसायिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले कलेज सञ्चालनमा ल्याइएको सञ्चालिका सुक्निता चौलागाईंले बताइन् । उनका अनुसार यसका लागि एकवर्षे डिप्लोमा कोर्स तयार गरिएको छ ।

सञ्चालक चौलागाइँले भनिन्, ‘मेरो आफ्नै पनि फेसन डिजाइनमा एक दशकको अनुभव छ । नेपालमा प्राक्टिकल्ली फेसन तथा इन्टेरियर डिजाइन पढाइ हुने कलेज कम छन् । हामीले लन्च गरेको एकवर्षे कोर्सले युथहरूलाई आफ्नो एकेडेमिक पढाइलाई असर नपर्नेगरी आफ्नो सपना पूरा गर्न मद्दत पु¥याउँछ भन्ने हो ।’

उनले युवाहरूको सपना पूरा गर्न सकिन्छ भन्ने उद्देश्य रहेको पनि बताइन् । फेसन डिजाइनिङ, बुटिक म्यानेजमेन्ट, ड्रपिङ एन्ड स्टिचिङ, स्टाइलिङ लगायत छुट्टाछुट्टै कोर्स तयार पारिएको छ । त्यसका लागि उत्कृष्ट शिक्षक तथा डिजाइनरहरूले सैद्धान्तिकका साथै प्रयोगात्मक कक्षा लिइने बताइएको छ ।

यो कोर्स अध्ययन गर्ने विद्यार्थीले फेसन डिजाइनर, बुटिक सञ्चालक, स्टाइलिस्ट र प्याटर्न मेकरको रूपमा करिअर अगाडि बढाउन सक्ने चौलागाईं बताइन् । उनले भनिन्, ‘अहिले नेपालीहरुमा फेसन सेन्स निकै बढेको छ । सेलेब्रिटी कलाकार मात्रै होइन, नेतादेखि सर्वसाधारणसम्मलाई राम्रो र स्मार्ट देखिने चाहना बढेको देखिन्छ ।’ जसले फेसन डिजाइनिङ क्षेत्रमा करिअर फराकिलो छ भन्ने देखाउँने उनको बुझाइ छ ।

प्रतिक्रिया