जितेन्द्र रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०८२, २९ पुष

काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको बालकथा कृति ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण सार्वजनिक भएको छ । कथा कृति एजुकेश्नल पब्लिसिङ हाउसका बिक्री अधिकृतहरू भजन राउत, शिवराम श्रेष्ठ, गजेन्द्र ङाखुसी रमण राउत लगायतले एजुकेश्नल पब्लिसिङ हाउसले आईतबार लोकार्पण गरेको हो ।

लोकार्पणसँगै काठमाडौको जमलस्थित बिक्री कक्षबाट थोक तथा खुद्रा बिक्री थालिएको हो । नेवाः संस्कृति र संस्कार ‘इहि’भित्र रहेको जीवन विज्ञान समेटिएको उक्त कृतिमा नेवाः समुदायका बालिकाहरूको इहि गर्दा प्रयोग हुने मुख्य फल बेललाई कथाको नायकको रूपमा प्रस्तुत गरिएको कथाकार जितेन्द्र रसिकले बताए ।

नेवारी परम्परा अनुसार “इहि“ गरिने समय बालिकाले दुलाहाका प्रतीक बेलका बारे जनाएको कौतुहलता बाट सुरु हुने यो कथाको रोचक प्रस्तुतिले बालबालिकाहरूलाई भरपुर मनोरञ्जनका साथै दिने प्रकाशकले जनाएको छ । “इहि“ परम्परामा अमूर्त रूपमा रहेका जीवनविज्ञानको समेत कृतिले पाठकलाई ज्ञान दिलाउन सक्षम रहेको प्रकाशकको दावी छ । कथामा नेवारी परम्परा अनुसार कथाबाटै ‘इहि’ गर्ने विधि समेत संवादात्मक शैलीको प्रस्तुतिले कथा पढ्ने पाठकलाई चलचित्र हेरेजस्तै अनुभूति दिलाउने एजुकेश्नल पब्लिसिङ हाउसका सञ्चालक अञ्जन श्रेष्ठको भनाई छ ।

नेवाः संस्कारमा आधारित कथा कृति “बेलबहादुरसँग बिहे“ को लोकप्रियतासँगै माग बढेकाले तेस्रो संस्करण प्रकाशन हुन सम्भव भएको एजुकेश्नल बुक हाउसका भजन राउतले बताउनु भयो । कथामा स्व.एक्कारामसिंको चित्र रहेको छ । उक्त कृतिको मूल्य २४५ रुपैयाँ रहेको छ । साहित्यकार रसिकका ८ बालसाहित्यका कृति र अन्य विधाका १० कृति सहित १८ कृति प्रकाशित छन् । केही महिना भित्रै फरक प्रकाशन गृहबाट लेखक रसिकले बाल उपन्यास बजारमा ल्याउँदैछन् ।

प्रतिक्रिया