हमासले छाड्ने भनिएका २० जना युद्धबन्दीको नामावली सार्वजनिक, सूचीमा छैनन् विपिन जोशी
अखबार टुडे
प्रकाशित:
२०८२, २४ आश्विन

काठमाडौं । हमासले मुक्त गराउने सार्वजनिक गरेको २० जना युद्धवन्दीको नामावली नेपालका विपिन जोशीको नाम छैन । इजरायलसँग युद्धविराम गर्न सहमत भएसँगै हमास मुक्त गर्न २० जना युद्धबन्दीको नामावली सार्वजनिक गरेको हो ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम छैन । सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिक रहेको उनले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो ।

इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका अधिकारीहरुसँग आफू निरन्तर सम्पर्कमा रहेको बताउँदै विपिनको अवस्था बुझ्ने कोसिस भइरहेको बताए । तर, अहिलेसम्म विपिनको बारेमा ठोस जानकारी केही नपाएको उनको भनाइ छ ।

परराष्ट्र मन्त्रालयका कर्मचारीले पनि विपिनको अवस्था पत्ता लगाउने कोसिस भइरहेको बताएका छन् । मन्त्रालयका एक कर्मचारीले विपिनको विषयमा जुनसुकै अवस्थाको सूचना आउनसक्छ । त्यसैले उनका परिवारलाई तयारी अवस्थामा रहन मन्त्रालयका ती कर्मचारीले भनेका छन् ।

प्रतिक्रिया