लिपुलेकमा भारतसँग भएको सहमतिबारे चिनियाँ राष्ट्रपति सीसँग ओलीले राखे आपत्ति
अखबार टुडे
प्रकाशित:
२०८२, १४ भाद्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार शनिबार दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू–भागबारे भएको सहमतिको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा आपत्ति जनाएका हुन् ।

नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा ओलीले राष्ट्रपति सीसँग स्पष्ट रूपमा आपत्ति जनाएको परराष्ट्र मन्त्रालय जनाएको हो । प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालका भएको बताए । उनले यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने पनि विश्वास व्यक्त गरे ।

भेटका अवसरमा दुई देशबीचको मित्रवतः सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने निधो गरेको पनि राईले जानकारी गराएका छन् ।

प्रतिक्रिया