पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा
प्रकाशित:
२०८२, ३२ श्रावण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ ।
सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई आज साँझ नख्खु ल्याइएको कारागार प्रमुख भीम कोइरालाले जानकारी दिए ।
कारागारमा सरुवाका लागि लामिछानेले दिएको निवेदनका आधारमा भैरहवा कारागारबाट निवेदन दिएका थिए । सोही आधारमा अदालतको अनुमतिपश्चात् उहाँलाई नख्खु कारागार ल्याइएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले हवाईमार्गबाट काठमाडौंँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै लामिछानेलाई नख्खु कारागारमा ल्याइएको बताए । रविलाई काठमाडौं ल्याइदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कारागार परिससमा उनका समर्थकको भीड लागेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
