आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेक सेवा बन्द
प्रकाशित:
२०८२, २३ असार

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज सोमबार देशभरका अस्पतालहरूमा आकस्मिकबाहेक सेवा बन्द छ ।
उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको तथा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको भन्दै चिकित्सक संघले सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेको हो ।
संघले असार २० गतेदेखि नै आन्दोलन अघि बढाएको थियो । संघका महासचिव डा. सञ्जिब तिवारीले विज्ञप्ति जारी गर्दै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
