इजरायल-इरान युद्ध : अहिलेसम्म के के भयो ?
अखबार टुडे
प्रकाशित:
२०८२, १ असार

काठमाडौं । इजरायलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो कायम रह्यो भने दुवै तर्फबाट एकअर्काको देशमा गोलाबारी जारी छ ।

अन्तर्रााष्ट्रिय समाचार माध्यमहरुका अनुसार इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रेको इरानले शनिवार राति मध्य इजरायमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ । इजरायल डिफेन्स फोर्सेस आईडीएफले पनि राति नै तेहरानमा हवाई आक्रमण गरेको बताएको छ ।

उसले इरानको रक्षा मन्त्रालयसहित इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित क्षेत्रहरूलाई आफूले निसाना बनाएको बताएको हो । इरानको सरकारी टेलिभिजनका अनुसार इजरायमा व्यापक ड्रोन आक्रमण सुरु गरेको छ ।

पछिल्लो इरानी हमलामा परेर इजरायलमा कम्तिमा १० जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । इजरायली प्रहरीका अनुसार मध्य इजरेलमा कम्तिमा ६ जनाको ज्यान गएको छ भने १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

तेल अभिभको दक्षिणमा रहेको बात याम क्षेत्रमा एउटा भवनमा इरानले प्रहार गर्दा ती व्यक्तिहरूको मृत्यु भएको बताइएको छ । त्यहाँ अन्य सात जना हराइरहेको विवरण इजरायली आकस्मिक सेवाका अधिकारीहरूले बताएको बीबीसीले उल्लेख गरेका छ । भग्नावशेषहरूमा उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।

स्थानीय अस्पताल र आकस्मिक सेवाका अनुसार उत्तरी इजरायको अरबहरूको बस्ती रहेको सहर तम्राहमा अन्य चार जनाको ज्यान गएको छ ।

यद्यपि, धेरै इजरायली समाचार संस्थाहरूका अनुसार देशको उत्तरस्थित हाइफा नजिकैको आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण छ । त्यसको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन । इरानले रातभरि दुईपटक गरेर कैयौँ क्षेप्यास्त्रहरू इजरेलमा प्रहार गरेको थियो ।

इरानमा भएको पछिल्लो आक्रमण

इरानको तेल मन्त्रालयका अनुसार इजरेलले तेहरानको शाहरान तेल डिपो र त्यहाँस्थित इन्धन भरिएका ट्याङ्कीहरूलाई निसाना बनाएको छ । यद्यपि उसले स्थिति नियन्त्रणमा रहेको जनाएको छ ।

अर्कोतर्फ इरानले प्रहार गरेको क्षेप्यास्त्रका कारण इजरायलको हाइफा अइल रिफाइनरीमा आगो लागेको भिडिओ आएको छ र त्यसलाई बीबीसीले पुष्टि गरेको छ । इरानको सरकारी टेलिभिजनले आइफा र तेल अभिभलाई लक्षित गर्दै इजरेलमा १०० भन्दा बढी क्षेप्यास्त्रहरू प्रहार गरेको बताएको थियो ।

यसैबीच आइतवार हुने भनिएको अमेरिका–इरान परमाणु वार्ताको अर्को चरण अगाडि नबढ्ने भएको छ । उक्त वार्ताको मध्यस्थता गरिरहेको ओमनका विदेशमन्त्री बद्र अल्बुसैदीले त्यसबारे जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो आइतबार मस्कटमा हुने तय भएको इरान–अमेरिका वार्ता अब हुने छैन तर कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र बाटो हो ।’ यसअघि इरानका विदेशमन्त्रीले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अमेरिकासँग वार्ता जारी राख्नु ‘न्यायपूर्ण नहुने’ बताएका थिए ।

प्रतिक्रिया