पेट्रोलियम पदार्थको भाउ बढ्यो, कति पुग्यो प्रतिलिटर ?
प्रकाशित:
२०८२, १८ जेष्ठ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्यवृद्धि भएको जानकारी आएपछि यो निर्णय लिइएको हो । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ ।
यसैबीच, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौंमा प्रतिब्यारेल २२ अमेरिकी डलरले मूल्य घटाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ
हङकङमा ग्राण्ड प्रियिमर हुँदै युगल निर्देशित फिल्म ‘जोर ढुंगा’
नेपाल-भारत सीमा बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति
