सिद्धिविक्रम शाह एआईजीमा बढुवा
प्रकाशित:
२०८२, ८ जेष्ठ

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा भएका छन् । मंगलबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
यही जेठ ११ गते एआईजी लालमणी आचार्य अनिवार्य अवकाशमा जाँदैछन् । सो पदमा शाहलाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । शाह प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका प्रमुख हुन् । २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर उनि प्रहरीमा आएका थिए । २०८१ मंसिरमा बढुवा हुँदा शाह आफ्नो ब्याचमा एक नम्बरमा डीआईजी भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
