प्रा.डा. विश्वनाथ पौडेल गभर्नर नियुक्त
प्रकाशित:
२०८२, ७ जेष्ठ

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । पौडेलसहित कामु गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।
सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको अनिवार्य अवकास भएपछि डेढ महिनायता राष्ट्र बैंकको गभर्नरु पद रिक्त रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
