गभर्नर सुनिश्चितजस्तै भएपछि सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
अखबार टुडे
प्रकाशित:
२०८२, २८ बैशाख

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सुनिश्चितजस्तै भएपछि विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन् । अर्थशास्त्री पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएका छन् ।

यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । तर, भट्टको नाममा प्रधानमन्त्री ओली सहमत नभएपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रूपमा अघि सारेको हो ।

पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका छन् । समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए ।

यसअघि पनि राष्ट्र बैङ्कका पूर्वगभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएपछि अधिकारीलाई नयाँ सदस्य बनाइएको थियो । पौडेलको ठाउँमा सरकारले अर्थशास्त्रीमध्येबाट कसैलाई सदस्य नियुक्त गर्नु पर्नेछ ।

प्रतिक्रिया