हात्तिगौंडामा खुल्यो ‘विसौनी सेवा गृह’, विषेशता के छ ?
अखबार टुडे
प्रकाशित:
२०८२, २६ बैशाख

काठमाडौं । काठमाडौंको हात्तिगौंडामा ‘विसौनी सेवा गृह प्रा.लि खुलेको छ । यो यस्तो विसौनी हो, जहाँ जीवनको उताद्र्धलाई शान्ति, आराम र स्वस्थ बनाउन साथ र सहयोग पाइन्छ । जसले जीवनको बुढ्यौलीलाई आरामदायिक विसौन २४सै घण्टा सेवा प्रदान गर्छ ।

यो ‘विसौनी गृह’को मुख्य उद्देश्य नै बुढ्यौलीको हरेक पल अर्थात स्वर्णिम क्षणहरुलाई ‘स्वर्णिम’ बनाउँदै गुणस्तरीय तथा सम्मानीत जीवनयापन गराउन सहयोग पु¥याउनु हो ।

‘बुढ्यौलीको कदर, बाध्यता होइन रहर’ भन्ने नारासहित दक्ष र अनुभवी नर्सहरुद्वारा सञ्चालनमा ल्याइएको ‘विसौनी सेवा गृह’ आश्रम स्थल नै भन्दा फरक पर्दैन । तर, यसलाई आश्रम भन्दा नितान्त फरक ढंगले सञ्चालनमा ल्याइएको छ ।

‘विसौनी सेवा गृह’ सेवामूलक व्यवसायीक संस्था हो । यो संस्थालाई नर्सिङ क्षेत्रमा लामो समयदेखि अनुभव तथा दक्षता हासिल गरेका पाँच दिदी–बहिनीले सञ्चालनमा ल्याएका हुन् । जसका पाँचजना सञ्चालक बोर्ड सदस्य छन् । तीमध्ये तीनजना बरिष्ठ नर्स छन् भने अन्य दुईजना पनि आफ्नो क्षेत्रमा दक्ष र अनुभवी छन् ।

‘विसौनी सेवा गृह’की अध्यक्ष हुन्, वेदना थुलुङ, जोसँग करिब दशक नर्सिङ क्षेत्रमा सेवा गरेको अनुभव छ । अन्य, बोर्ड सदस्यहरुमा तृप्ती श्रेष्ठ, विद्या राई, माला राई र चन्द्रकुमारी गुरुङ रहेका छन् । तृप्ती र चन्द्रकुमारी पनि नर्सिङ पेसामै रहेर सेवा गर्दै आएका छन् ।

संस्थाकी अध्यक्ष थुलुङ भन्छिन्, ‘प्रत्येक नागरिकले सम्मानीत र भेदभावरहित स्वास्थ्य सेवा पाउनुपर्ने नारालाई सार्थकता दिन गुणस्तरिय स्वास्थ्य सेवा दिँदै जेष्ठ सेवा केन्द्र्रप्रतिको समाजमा रहिआएको नकरात्मक धारणालाई न्यूकरण गर्नु यो संस्थाको मुख्य उद्दश्य हो ।’

अध्यक्ष थुलुङका अनुसार यो संस्था २०७९ मै दर्ता भएपनि २०८१ भदौदेखि मात्र सञ्चालनमा ल्याइएको हो । देशको अवस्था र परिस्थितिलाई मध्येनजर गर्दै ‘विसौनी सेवा गृह’ सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

उनले भनिन्, ‘देशमा बेरोजगार बढ्दै गएपछि युवा पलायन भइरहेका छन् । यहाँ भएहरु पनि आ–आफ्नो काममा व्यस्त हुँदै गएका छन् । यस्तो अवस्थामा बृद्धा आमाबुबालाई हेरचाह गर्ने समय नै हुँदैन । उनीहरुकै सेवाका लागि यो विसौनी गृह खोलिएको हो ।’

‘विसौनी सेवा गृह’ बृद्ध आमाबुबाका लागि मात्र नभएर व्यस्त छोराछोरीका लागि भएको अध्यक्ष थुलुङ बताउँछिन् । उनी भन्छिन््, ‘खाशमा पैसा भएर पनि एकलो भएका र समय नभएहरुका लागि यो संस्था खोलिएको हो ।’

अमेरिका, हङकङ, बेलायत, अष्ट्रेलिया, आयरल्याण्ड लगायतका देशमा समेत यो संस्थामा मेम्बर रहेका छन् । देश–विदेश गरी ‘विसौनी सेवा गृह’को सञ्चालक समितिमा ३५ सदस्य रहेका छन् । ‘सबै सदस्यहरुको साथ र सहयोगमा जेष्ठ नागरिकका लागि यो विसौनी गृह सञ्चालनमा ल्याइएको हो’ थुलुङले बताइन् । ‘विसौनी सेवा गृह’ले आवासीय सेवासँगै दैनिक सेवा, स्वास्थ्य उपचारलगायत मानवीय आवश्यकता सबै प्रकारका सेवाहरु उपलब्ध गर्दै आएको छ ।

‘विसौनी गृह’को सेवा लिनलाई निश्चित शुल्क तोकिएको छैन । त्यो सेवा लिने व्यक्तिमा भरपर्ने अध्यक्ष थुलुङले बताइन् । उनले भनिन्, ‘कुनै कुनै जटिल विमारीका रोगी पनि हुन सक्छन् भने कोही सामान्य अवस्थाका हुन्छन् । त्यसैले निश्चित शुल्क तोकिएको छैन ।’

केही व्यक्ति डे केयरका लागिमात्र पनि आउने गरेको उनको भनाइ छ । ‘हामीले तीन किसिमका सेवा दिने गरेका छौँ’ अध्यक्ष थुलुङले भनिन्, ‘जसमा डे केयर (मनोरञ्जन र फिजियो थेरापीसहित), आवासीय सेवा र केही समयका लागि (जो अस्पतालबाट डिस्चार्ज भएका विमारी)लाई सेवा दिँदै आएका छौँ ।’ अस्पतालबाट डिस्चार्ज भएर पनि केही समय आराम र हेरचाह गर्नुपर्ने विमारीलाई सेवा दिने उनले बताइन् । उनीहरुले दक्ष चिकित्सकसहितको सेवा प्रदान गरिएको थुलुङको भनाइ छ ।

विसौनी गृहका सेवाहरु
१, आवासीय सेवा
चौविसै घण्टा नर्सिङ सेवा सुविधा
घरेलु र मायालु वातावणसहितको सुविधायुक्त आवास
तातोपानी, चिसोपानीको व्यवस्था
निगरानीको औषधी सेवनको सुविधा
व्यक्तिगत सरसफाइको सुविधा
नियमित स्वास्थ्य परीक्षण
सन्तुलित र पोषिलो आहारको व्यवस्था


२, विषेश स्वास्थ्य सेवा
पाइपबाट खाना तथा औषधी खुवाइने
पिसाबको पाइप लगाउने तथा निकाल्ने
घाउ सफा गर्ने
सुईद्वारा औषधी दिइने
शारीरिक व्यायाम
अस्पतालको फलोअप सेवा
अस्पताल डिस्चार्जपछिको विश्राम सेवा
अल्जाइरम तथा डिमेन्सिया नर्सिङ सेवा


३ दिवा सेवा
यातायात सुविधा
पौष्टिक आहारको सुविधा
आरामको व्यवस्था
शारीरिक व्यायाम
मनोरञ्जन तथा अतिरिक्त क्रियाकलपाको सुविधा

प्रतिक्रिया