एसएस क्रियशनमा फेसन डिजाइनर कोर्षको भर्ना खुल्यो
अखबार टुडे
प्रकाशित:
२०८२, २५ बैशाख

काठमाडौं । फेसन डिजाइनर बन्न चाहनेका लागि हिजोआज फेसन कलेज मात्र नभएर जताततै इन्स्टिच्युट पनि खुलेका छन् । फेसनप्रति युवापुस्ताको आकर्षण बढ्दै गर्दा डिजाइनर कोर्ष पढाउने इन्स्टिच्युटहरु पनि बढेका हुन् । तर, इन्स्टिच्युटमा कोर्ष गर्दैमा वा पढ्दैमा फेसन डिजाइनर बन्न सजिलो छैन दक्ष फेसन डिजाइनर बन्न ‘प्राटिक्कल’ अनिवार्य हुन्छ ।

तपाइँ छोटो समयमै कुसल फेसन डिजाइनर बन्न चाहनुहुन्छ भने एसएस क्रियशन एण्ड ट्रेनिङ सेन्टरमा जानु सक्नुहन्छ । नयाँ बानेश्वरस्थित भरोसा अस्पतालनजिक रहेको एसएस क्रियशन एण्ड ट्रेनिङ सेन्टरले सस्तोमै गुणास्तरिय फेसन डिजाइनर कोर्ष गराउँदै आएको छ ।

‘फेसनको सहर’का रुपमा चर्चित पूर्वी नेपालको धरानमा स्थापित एसएस क्रियशन एण्ड ट्रेनिङ सेन्टर, नयाँ बानेश्वरले नयाँ भर्ना सुरु गरेको छ । सिमित सिटका लागि भर्ना खुला गरिएको एसएस क्रियशनले जनाएको छ । फेसन डिजाइनर बन्न इच्छुकले सिधै ९८१७३६४६२५/ ९८१३७८९४९४ मा सम्पर्क गर्न सकिने छ । साथै, एसएस क्रियशनको अफिसियल फेसबुक पेज http://facebook.com/sscreationandboutique वा इमेल [email protected] बाट पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

एसएस क्रियशनले थ्यौरीभन्दा पनि प्राटिक्कलमा बढी अध्यापन गराउने गर्दछ । एसएस क्रियशनको बुटिक तथा शो रुमसमेत आफ्नै भएकाले डिजाइनर कोर्ष गर्न आउने विद्यार्थीहरुलाई प्राटिक्कल बढी गराउने तथा उनीहरुलाई अर्डरको पहिरन समेत बनाउन लगाइने उनले बताइन् । यसरी ट्रेनिङ गराउँदा चाँडै डिजाइनर बन्न सकिन्छ ।

जम्मामा ६० दिनको कोर्ष हुनेछ । तर, कतिपय एक महिनामै आफैँले डिजाइन, कटिङ तथा सिलाइ गर्न सकिने क्रियशनले जनाएको छ । एसएस क्रियशनमा डेढ महिना ट्रेनिङ गरेकै भरमा कतिले काठमाडौंमा बुटिक खोलिसकेका छन् । यो भनेको फेसन डिजाइनर बन्न चाहनेको लागि आर्थिक मात्र नभएर समयको पनि बचत हो किनकि, यहाँ लाखौँ तिरेर तीन महिनादेखि एक वर्षसम्म कोर्ष गरेकाहरु समेत डिजाइनर बन्न सकेका छैनन् ।

तर, एसएस क्रियशनमा कम लागतमै फेसन डिजाइनर बन्न चाहनेहरुले आफ्नो इच्छा पूरा गरिरहेका छन् । सस्तोमै गुणस्तरिय डिजाइनर कोर्ष गर्न पाइन्छ भने महँगो इन्स्टिच्युटहरुमा किन जाने ?

प्रतिक्रिया