शिक्षक आन्दोलनमा घुसपैठ गरेको भन्दै एकजना प्रहरी नियन्त्रणमा
प्रकाशित:
२०८२, ८ बैशाख

काठमाडौं । शिक्षकहरुको आन्दोलनमा घुसपैठ गरेको भन्दै एकजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । आज माइतीघर मण्डलादेखि बानेश्वरसम्मको विरोध प्रदर्शनका क्रममा एकजना व्यक्ति शिक्षकविरुद्ध नाराबाजी गर्दै हिँडेका थिए । त्यहीबेला शिक्षकहरूले ती व्यक्तिमाथि कुटपिट गर्ने प्रयास गरेका थिए ।
ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । आफू विद्यार्थीको अभिभावक भएको बताउँदै ती व्यक्तिले शिक्षकहरूको आन्दोलनका विरुद्धमा अभिव्यक्ति दिएका थिए ।
प्रहरीको जिम्मा लगाउनुअघि शिक्षकहरूले उनीमाथि सामान्य कुटपटि गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएपछिसमेत शिक्षकहरू उनीमाथि झम्टिने प्रयास गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
