
काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । देशभरका शिक्षकहरुको छाता संगठन शिक्षक महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने (बहिस्कार गर्ने) निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाकारी गराएका हुन् ।
‘कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेका छौँ’ अध्यक्ष सुवेदीले भने । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर, महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा पछिल्लो पटक गत २० चैतदेखि शिक्षकहरुले सडक आन्दोलन गरिरहेका छन् । सरकारले आफ्नो माग प्रति वेवास्ता गरेको भन्दै महासंघले शैक्षिक हड्ताल समेत घोषणा गरेको छ । शिक्षकहरूले नयाँ वर्ष पनि सडमा विभिन्न आन्दोलनका कार्यक्रमहरू गरेर मनाएको छ ।