पूर्वउपराष्ट्रपति नन्दकिशोर माओवादीको उपाध्यक्षमा मनोनीत
अखबार टुडे
प्रकाशित:
२०८१, २३ चैत्र

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा मनोनीत भएका छन् । पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो ।

चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकले पूनलाई उपाध्यक्ष मनोनीत गरेको हो । दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन केही समयदेखि माओवादीको बैठकहरूमा सहभागी हुँदै आएका थिए । उनलाई उत्पादन क्षेत्रमा काम गर्नेगरी जिम्मेवारी दिइएको छ ।
पार्टीले उनलाई उपाध्यक्ष बनाउने निर्णय गरेको र विधान संशोधनको मस्यौदा तयार गरिएको बताइएको छ ।

प्रतिक्रिया