एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड
अखबार टुडे
प्रकाशित:
२०८१, १४ चैत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शुक्रबार तोडफोड भएको छ । साथै, प्रदर्शनकारीहरु कार्यालय प्रवेश गरेर फर्निचरका साथै कागजपत्रहरु बाहिर ल्याएर जलाएका छन् ।

राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमा ररहेको एकीकृत समाजवादीको कार्यालयसमेत प्रभावित बनेको हो ।

तीनकुनेबाट तितर–बितर राजावादी समर्थक प्रदर्शनकारीहरू कोटेश्वरमा रहेको नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

तीनकुनेको प्रदर्शन र सभा बिथोलिएपछि उनीहरू त्यसतर्फ लागेका हुन् । उनीहरूले पेरिसडाँडा आसपास क्षेत्रमा गाडीमा तोडफोड र आगजनी गरेका छन् । जसका कारण सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया