कुलमान हटाउने निर्णयविरुद्ध माओवादीका जनसंगठनहरुले प्रदर्शन गर्दै
अखबार टुडे
प्रकाशित:
२०८१, ११ चैत्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपा माओवादी केन्द्र आबद्ध भातृ संगठनहरु आन्दोलनमा उत्रिने भएका छन् ।

माओवादीका जनवर्गीय संगठन र मोर्चाहरुले आज दिउँसो साढे ३ बजे कुलमान हटाउने निर्णयविरुद्ध नयाँ बानेश्वरमा संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।

वाइसिएल इन्चार्ज तथा युवा नेता रामप्रसाद सापकोटा दिपशिखाले दिउँसो नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि प्रदर्शन र कोणसभा गरिने बताए । उनले विरोध प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रतिक्रिया