
काठमाडौं । सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि सुरक्षा सतर्कता बढाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी घिसिङलाई पदबाट हटाएर प्राधिकरणको हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि घिसिङको पक्षमा प्रदर्शन हुने सम्भावना देखिएपछि सकरारले रत्नपार्क आसपासका क्षेत्रमा प्रहरीको उपस्थिति बढाइएको हो ।
नेकपा एकीकृत समाजवादीनिकट जनसंगठनले घिसिङलाई हटाएको विरोधमा प्रदर्शन गरेको छ । उनीहरूले मंगलबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले घिसिङलाई हटाएकोमा विरोध गरेका छन् । सत्तारूढ दल नेपाली कांग्रेसभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ । त्यस्तै, तामाङ घेदुङले पनि घिसिङलाई हटाएकामा विरोज जनाएको छ । घिसिङलाई पदबाट हटाएसँगै सरकारप्रति तिव्र आलोचना भइरहेको छ ।
घिसिङलाई हटाउन खोजेपछि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद बैठकमै र कांग्रेस नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन् ।