
काठमाडौं । सर्वविदितै छ, प्रकाश सपुत एक कुसल लोकगायक हुन् । त्यसपछि मोडल पनि । तर, अब निर्देशक पनि बन्दै छन् । उनी निर्देशित चलचित्र हो, बसन्त ।
प्रकाशले कस्तो चलचित्र निर्देशन गरे होलान् ? त्यो त हेर्न बाँकी नै छ । प्रकाशको चलचित्र ‘वसन्त’को ट्रेलर भने सार्वजनिक भइसकेको छ । यो चलचित्र चैत्रको २२ गतेबाट रिलिजमा आउने भनिएको छ । टे«लर हेर्दा लाग्छ, यो चलचित्र समाजमा हुने गरेको जातीय विभेदको कथालाई उठान गरेको छ ।
मोहन विक र विन्दु बोहरा निर्माता रहेको यो चलचित्रमा वीरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र न्यान्सी शेरचन कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रमा प्रकाश सपुत आफैं मुख्य नायक छन् । साथै, चलचित्रमा स्वस्तिमा खड्का, खड्ग बहादुर पुन, प्रभात पाल ठकुरी, श्री श्रीभान्सी, अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, माओत्से गुरुङ, सिरु बिष्ट, भोला सापकोटा, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।
प्रविन भट्टको सम्पादन रहेको यो फिल्ममा सुशन प्रजापतिको डीओपी छ । यो फिल्मले वसन्त र शान्तिको कथालाई उठान गरेको छ । उपल्लो जात र तल्लो जातको नाममा समाजमा हुने विभेद, त्यसले जन्माउने विद्रोहको कथा फिल्मको ट्रेलरमा देख्न सकिन्छ । ४ मिनेट भन्दा लामो ट्रेलरबाट सपुतले फिल्मको कथा बुझाउने प्रयास गरेका छन् ।