
काठमाडौं । गीतसंगीतका विभिन्न ४० विधामा अवार्ड वितरण गर्दै ‘एपिक नेपाल म्युजिक अवार्ड–२०८१’ सम्पन्न भएको छ । अवार्डको यो पाँचौ संस्करण मध्यपुर थिमीस्थित दुई पोखरी परिसरमा आयोजना गरिएको थियो ।
प्रथम महिला राधिका शाक्यको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार बसुन्धरा भुसाललाई नगदसहित ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
‘एपिक नेपाल म्युजिक अवार्ड २०८१’मा लोकदोहोरी गायक अमृत खाती ‘उनिको पछ्र्यौरी’, शुष्मा शाहि ठकुरी ‘एकै रातैले’ लोकदोहोरी शब्द सुमन वैरागी ‘पिपल बोटे माया’, लोकदोहोरी लय रमेश परियार ‘वनमा खएर’ रहेका छन् भने लोकदोहोरी मोडेल पुरूष बिमल अधिकारी, मोडल महिला अस्मिता पुरी, भिडियो निर्देशक मिलन श्रेष्ठ र नृत्य निर्देशक दिपेन्द्र तिमल्सिनाले हात पारे ।
त्यसैगरि म्युजिक एरेन्जर पुष्कर खत्री, भिडियो छाँयाकार उत्तम हँुमागाइंर्, भिडियो सम्पादक विकाश दाहालले अवार्ड उचाल्दै गर्दा सर्वोत्कृष्ट नव गायक विशाल सोनि ‘घन ठोकाई’, नवगायिका दिपिका बयाम्बु ‘कश्मिरे पछ्रयौरी’, सम्राट दास सर्वोत्कृष्ट आधुनिक नव मोडेल पुरूष डयासपोरा, सर्वोत्कृष्ट नवमोडेल महिला सदिक्षा पाण्डे ‘विष पिउन मन लाग्छ’ गीतबाट अवार्ड पाए ।
यस्तै, आधुनिक गायनतर्फ कर्णराज गिरी ‘लुकी लुकी’, आधुनिक गायिका सोभा पाण्डे ‘ए मन भन मलाई’, सर्वोत्कृष्ट आधुनिक संगीतकार दिपक शर्मा ‘लुकाने ठाउँनै छैन’, सर्वोत्कृष्ट आधुनिक संगीतकार जुरी अवार्ड टेक राज ओझा ‘दिल्लि आग्रा’, आधुनिक संगीतकार भुपेन्द्र बुढाथोकी ‘भाग्ये लेख्ने भगवान कँँँहाँँ छौ’, आधुनिक भिडियो मोडेल पुरूष बिक्रम बुढाथोकी ‘कस्तो थिए कस्तो भए’, आधुनिक भिडियो मोडल महिला शिल्पा पोख्ररेलले अवार्ड पाइन् ।
सर्वोत्कृष्ट आइटम गीत मोडल महिला मल्लिका राजोपाध्याय ‘आउसँगै झुमी नाचौ’, आधुनिक भिडियो निर्देशक रोसन दास ‘आदात’, लोकपप गायक लक्षुमण श्री ‘म तिम्रै डल्ले हो’, लोकपप गायक पब्लिक च्वाइस महेन्द्रराज वराल ‘फुल रसैले’, टेलिचलचित्र कलाकार इन्द्र दोङ्ग लामा ‘हर्के हल्दार’, श्रृंगार विक्रम गौतम ‘हगंमा’, सर्बाेत्कृष्ट भाषाभाषी पुरुष कलाकार लक्ष्मी कुमार महर्जन ‘क्या: मां जी’, रोहित ढृङगाना ‘क्या राम्रो नौखुवा’, सर्बाेत्कृष्ट भजन गायक चिरञ्वी भण्डारी ‘राधा बिना कृण्ण आधा आधा’, सर्बाेत्कृष्ट गीतकार डयास्पोरा दिपेन्द्र खडका ‘पल पल’ र सर्वाेत्कृष्ट भाषाभाषी गायिका शान्तिकुमारी शाही ‘कर्णालीको छालै छ’ले अवार्ड पाएको छ ।
नवप्रतिभा यमराज थापा ‘भए पनि मनभरी चोट’, सर्बाेत्कृष्ट खलपात्र सुगत करणजित ‘पागल तिम्रो यादममा’, सर्बोत्कृष्ट चलचित्र गायक डेविट शंकर ‘दर्शन सलाम’, सर्बोत्कृष्ट भिडियो नव मोडेल नृत्य सृष्टिना क्षेत्री ‘घैलाको पानी’, बालकलाकार जेभिन जिभेश र आयुसी ढकाललाई पपुलर अवार्ड प्रदा नगरिएको थियो ।
लाकदोहोरी गायक रामजी खाँड वर्षकै सर्वोत्कृष्ट अवार्ड पाए भने सुनिता भुजेल ‘नव पपगायक’, हुमन आचार्य, दिपिका थापा, डिआर सुजन म्युजिक भिडियो निर्देशक ‘उडेको चरी’, आधुनिक मोडेल अभि सुनार, टेकराज ओझाले जुरी अवार्ड पाए ।
कार्यक्रममा पत्रकार ऋषि धमला र ऋषि थपलियालाई नगदसहित सम्मान गरिएको थियो भने आख्यानकार एवं गीतकार भीष्मराज फुलारा, अभिनेता भुवन केसी र पल शाह लगायतका श्रष्टा, सर्जकलाई सम्मान पनि गरिएको छ ।
कार्यक्रम संयोजक राजेन्द्र पुरीका अनुसार अवार्डको निर्णायकमा रस्मि पाण्डे, दिलबहादुर ओखेडा, सुभ्रतराज आचार्य, चन्द शर्मा, प्रकाश भट्ट रहेका थिए । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष एमन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेवारी नृत्यहरु प्रस्तुत गर्नुका साथै लोकप्रिय गायक धीरज राई, अमृत खाती लगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।