नौ महिनादेखि अन्तरिक्ष स्टेशनमा फसेका एकजोडी अन्तरिक्ष यात्री अन्ततः घर फर्किए
अखबार टुडे
प्रकाशित:
२०८१, ४ चैत्र

वासिंगटन । नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका बुच विल्मोर र सुनिता विलियम्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)बाट आफ्नो क्याप्सुल अलग भएपछि अन्ततः मंगलबार घर फर्कने क्रममा छन् ।

बुच विल्मोर र सुनी विलियम्स बोकेको स्पेसएक्स यान स्थानीय समयानुसार ०५ः०५ मा कक्षीय स्टेसनबाट अलग भएको छ । यसले विश्वव्यापी ध्यान आकर्षित गरेको उनीहरूको लामो मिसन अन्त्य गरेको छ । नासाको यो जोडीसँग अमेरिकी निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोभ पनि सामेल छन् ।

चालक दल अब पृथ्वीमा फर्कने १७ घण्टाको यात्राका लागि बसिरहेका छन् र उनीहरूलाई स्पेस सुटबाट बढी आरामदायी पोशाकमा परिवर्तन गर्न अनुमति दिइएको छ ।

यदि सबै कुरा राम्ररी चल्यो भने क्याप्सुल फ्लोरिडाको तटमा मङ्गलबार लगभग २१५७ जिएमटीमा समुद्री स्प्ल्यासडाउनका लागि आफ्नो प्यारासुट खोल्नेछ । त्यहाँ एक रिकभरी जहाजले चालक दललाई पुनः प्राप्त गर्नेछ ।

विल्मोर र विलियम्सले गत वर्ष जुनमा कक्षीय प्रयोगशालामा उडान भर्नुभएको थियो । यो बोइङको स्टारलाइनरलाई यसको पहिलो चालक दल उडानमा परीक्षण गर्न एक दिन लामो राउन्ड ट्रिप हुने थियो । तर अन्तरिक्ष यानमा प्रोपल्सन समस्या देखा प¥यो र उहाँहरूलाई फिर्ता उडाउन अयोग्य मानिएपछि, खाली फिर्ता पठाइयो ।
पूर्व नौसेना पाइलटहरू विल्मोर (६२) र विलियम्स (५९) लाई नासा–स्पेसएक्स क्रू–९ मिसनमा पुनः नियुक्त गरियो । जसमा गत सेप्टेम्बरमा ड्र्यागन अन्तरिक्ष यानलाई सामान्य चारको सट्टा दुईको टोलीसँग आइएसएसमा उडान गरेको थियो ।
त्यसपछि आइतवबर बिहान क्रू–१० भनिने राहत टोली स्टेसनमा जोडियो । त्यहाँ उनीहरू ह्याचबाट तैरँदै हिँड्दा उनीहरूको आगमनलाई व्यापक मुस्कानहरू र अङ्कमालहरूले स्वागत गरियो ।
क्रू–१० को आगमनले हेग र गोर्बुनोभसँगै विल्मोर र विलियम्सको प्रस्थानको बाटो खोल्यो । बूढानीलकण्ठ स्कुलले ३० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको तर सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको बताएको छ ।
एसओएस बालग्रामले न्यून शुल्कमा शिक्षा प्रदान गरिरहेको र सहयोगको अपेक्षा गरेको बताएको छ । रातो बंगलाले भर्ना प्रक्रिया विद्यालयको स्वविवेकमा हुनुपर्ने धारणा राख्दै विपन्न विद्यार्थीलाई आवासीय सुविधा दिइरहेको बताएको छ ।
सैनिक विद्यालयले सेनाका सन्तति र सर्वसाधारणका लागि सिट निर्धारण गरिएको र कल्याणकारी कोषबाट सञ्चालनमा सहयोग पुगिरहेको बताएको छ ।

गण्डकी बोर्डिङ स्कुलले भौतिक पूर्वाधार जीर्ण रहेको र शिक्षक टिकाउन कठिन भएको गुनासो गर्दै छात्रवृत्तिको व्यवस्था रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया