आजदेखि फागू पर्व (होली) सुरु
अखबार टुडे
प्रकाशित:
२०८१, २३ फाल्गुन

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा विधिवतः रूपमा चीर ठड्याएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको विशेष साइतअनुसार आज बिहान ८ः ३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो । यससँगै आजदेखि औपचारिक रुपमा फागु पर्व (होली) सुरु भएको छ ।

हनुमानढोका दरबारको मूलद्वार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।
चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।

प्रतिक्रिया