१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८१, १३ फाल्गुन

गोरखा । गोर्खामा एक १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय कमलबहादुर बोहरा छन् ।

उनलाई फागुन ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रवक्ता डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । पुसदेखि पटक–पटक किशोरीलाई बलात्कार गरेको भन्दै गत माघ २८ गते उनीविरूद्ध जाहेरी परेको थियो । सोही आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका बोहरा गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षक हुन् । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया