
काठमाडौं । पछिल्लो समय धराने कालो बंगुरको सेकुवा लगायतका परिकार काठमाडौंमा निक्कै लोकप्रिय छ । हिजोआज बंगुरको सेकुवा भनेपछि जो-कोही मुख मिठाउने गर्छन् ।
पूर्वी नेपालको सुन्दर सहर धरान बंगुरका लागि लोकप्रिय छ । त्यही लोकप्रियताकै कारण अहिले काठमाडौंलगायत देशका विभिन्न सहरमा ‘धरान कालो बंगुरको सेकुवा’ खोल्नेक्रम बढेको छ ।

यदि, तपाइँ पनि धराने बंगुरको सेकुवा पारखी हुनुहुन्छ भने अर्को गन्तब्य बनेको छ, डिल्लीबजार, घट्टेकुलो मार्गस्थित मान्द्रो सेकुवा घर ।
हो, यो सेुकुवा घर पछिल्लो समय निक्कै लोकप्रिय बनेको छ अर्थात सेकुवा पारखीका लागि जक्हन बनेको छ । मान्द्रो सेकुवा घरको मुख्य विशेषता भनेको धराने कालो बंगुरको सेकुवा नै हो । यहाँ हरेक साँझ सेकुवा पारखीहरुको भीड लाग्ने गर्छ ।
सानो चिटिक्क परेको मान्द्रोले बारेको यो सेकुवा घरमा जति स्वादिस्ट बंगुरको सेकुवा पाइन्छ, सायद अन्य ठाउँमा नपाउन पनि सक्छ । एक ग्राहक भन्छन्, ‘मैले काठमाडौंका थुप्रै सेकुवा घर चहारेको छस । तर, यहाँको जस्तो स्वादिस्ट कतै पाइनँ ।’
यो सेकुवा घरको सञ्चालक हुन्, सुरेन्द्र श्रेष्ठ । उनी भन्छन्, ‘मान्द्रो सेकुवा घरको नाम सुनेरै धेरैजना सेकुवा खान आउने गरेका छन् ।’ सेकुवा स्वादिलो हुनका लागि मासु मात्र राम्रो भएर नहुने उनी बताउँछन् । श्रेष्ठ भन्छन्, ‘मरमसला मिलाउन, पोल्नु सबै कुरा मिल्नुपर्छ । अनि मात्र सेकुवा स्वादिलो बन्छ ।’
सञ्चालनको छोटै समयमा मान्द्रो सेकुवा घरको लोकप्रियता बढ्नुमा भट्टीमा आगोको रापमा सेकेको झरझराउँदो सेकुवाको स्वादिलो परिकार पाउनुका साथै सिजन अनुसारको सलाद, हरियो गेडागुडी, बफ छ्योयला, चिकेन सेकुवा र मुखै रसाउने साँधेको चट्पटेसँग हुक्का पनि हो ।
साथीभाइसँग रमाइलो वातावरणमा दिनभरको भागदौड र थकान बिर्साउन मान्द्रो सेकुवा घरमा आउने पाहुनाहरुले आनन्दित हुन पाउनुले पनि यो लोकप्रिय बनेको छ । साथै, होम डेलिभरीको सुविधा पनि रहेको छ । कालो बंगुरको सेकुवा खानका लागि उपत्यकाभित्रका टाढाटाढाबाट समेत यहाँ ग्राहकहरु आउने गरेको सञ्चालक श्रेष्ठ बताउँछन् ।
अहिले सबै समुदायका व्यक्तिले कालो बंगुरको मासु खाने चलन बढेकाले पनि धराने कालो बंगुरको लोकप्रियता पहिलेभन्दा बढेको उनको अनुभव छ । परिकारको मोडिफिकेसनसँगै आधुनिक पुस्ता समेत आकर्षित हुनुमा पोर्कको बोनलेस थ्रीलेयर पाट्र्सको बनाइने भएकोले खाँदा रसिलो र स्वादिलो हुने उनको भनाइ छ ।