देशभरका चिकित्सक आन्दोलित, सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी
अखबार टुडे
प्रकाशित:
२०८१, ७ फाल्गुन

काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आजदेखि आन्दोलन गर्ने भएको छ । संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि आआफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घन्टा धर्ना बस्ने भएका हुन् ।
बुधबार संघले विज्ञप्ति जारी गर्दै बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा आन्दोलका कार्यक्रम गर्ने जनाएको हो । सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको छ ।

संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

प्रतिक्रिया